जनकपुरमा हिन्दू–मुस्लिम झडप, ६ घाइते

जनकपुरमा हिन्दू धर्मावलम्बीलाई छठ मनाउन मुस्लिम समुदायले अवरोध गरेपछि झडप भएको छ । बिहीबार जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्व मनाउने क्रममा विवाद  उत्पन्न भएको हो । 

झडपपछि स्थानीय प्रशासनले सयौँको संख्यामा प्रहरी परिचालन गरेको छ । घटनामा चारजना सशस्त्र, एक नेपाल प्रहरी र एक महिला गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

तनाव साम्य पार्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । दुवै पक्ष एक अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक संख्यामा प्रहरी परिचालन र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १९:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया