logo-img

यमन सेना र विद्रोहीबीच भिडन्त : एकै दिन १५० को मृत्यु

यमनको प्रमुख सहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा १ सय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले बताएका छन् । 

युद्धमा सात सर्वसाधारणको मृत्यु भएको छ । यद्यपि, घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोहीविरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो । यहाँको सरकारी फौजलाई साउदी अरेबियासहितको संयुक्त गठबन्धनको सहयोग छ । 



होडेडा सहरमा रातभर भएको यस लडाईंमा ११० विद्रोही लडाकु र ३२ सरकारी सैनिकको मृत्यु भएको छ । साउदी अरेबिया आबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौँपटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । 

यमनको बढी जनसंख्या भएको सहर होडेडामा गत १ नोभेम्बरबाट सुरु भएको पछिल्लो लडाइँका कारण करिब ६ सय जनाको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७५ साेमबार १७:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया