प्रदेश २ः साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको अख्तियारको ठहर

प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।  

उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ । त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त भएर अनुसन्धान अगाडी बढछ ।’

उनले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए । विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने सापकोटाले जानकारी दिए । 

उनले भने, ‘खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परिक्षण भइरहेको र यसमा पनि अनियमितता देखिए कारवाही प्रक्रिया अगाडी बढाइनेछ ।’ 

प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १७:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया