बहुलराष्ट्रका लागि पुनः आन्दोलन हुन्छ : राजेन्द्र महतो

पूर्वउपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पुनः बहुलराष्ट्रको माग दोहोर्याएका छन् । सोमबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बहुलराष्ट्रका लागि पुनः आन्दोलन हुने बताएका हुन् । 

संघीयताविरोधीको हातमा शक्ति गएको दाबी गर्दै उनले भने, ‘अबको निकास भनेको बहुलराष्ट्र अर्थात बहुल जातजातिको शक्ति पृथकीकरणको सिद्धान्तमा चल्ने राष्ट्रको परिकल्पना हो ।’ 

मधेसी, जनजाति, महिला, मुस्लिम, दलित अल्पसंख्यकलगायत सबै वर्ग मिलेर आन्दोलन गर्नुपर्ने उनले बताए । बहुलराष्ट्रको लागि मधेस तथा तराईको सट्टा काठमाडौंमा सबै वर्गले आन्दोलन गर्ने उनले चेतावनी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लोसपा प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चेला भएको बताए । यादवले मधेसवादी राजनीतिलाई कम्युनिस्टको हातमा लगेर समर्पण गरेको उनको आरोप थियो । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार २१:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया