तालिबानले फेरि किन गर्याे अमेरिकी सेनाको हतियार प्रदर्शन ?
सांकेतिक तस्बिर

तालिबानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो । 

२५० जना तालिबान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानकारी दिए । 

सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो । सो अवसरमा अधिकांश तालिबान लडाकुले अमेरिकामा निर्मित एम ४ राइफल बोकेका थिए ।

तालिबान फौजले अहिले प्रयोग गरेका अधिकांश हतियार अफगानिस्तानमा यसअघिको सरकारलाई अमेरिकाले सहयोग स्वरूप प्रदान गरेको थियो । 

अफगान फौजलाई तालिबानविरुद्ध लड्न अमेरिकाले पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको सरकारलाई अत्याधुनिक हतियार उपलब्ध गराएको थियो ।

त्यस्तै, तालिमका अवसरमा तालिबानले रसियाली हेलिकप्टरहरू पनि प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेको थियो ।



तालिवान सत्तामा आएपछि महिला र बालिकाहरूको अधिकार खोसिएको छ । महिलालाई अझै पनि विद्यालय जान अनुमति दिइएको छैन । 

त्यस्तै, तालिवानले सत्ता कब्जा गर्दा घरमै बसेका सरकारी कर्मचारीमध्ये महिला कर्मचारी अझै नियमित काममा फर्किन पाएका छैनन् । तालिबान सरकारमा महिलाको सहभागिता शून्य छ । तालिबानले महिला मन्त्रालय खारेज गरिदिएको छ ।  



  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ८:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया