नेपाली कांग्रेस धनगढीको सभापतिमा उपाध्याय निर्विरोध चयन

नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत धनगढी उपमहानगर कमिटीको सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन् ।

बुधबार भएको धनगढी उपमहानगरपालिका स्तरीय अधिवेशनले उपाध्यायलाई निर्विरोध चयन गरेको हो । धनगढी उपमहानगर कमिटीमा उपाध्याय बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी  निर्विरोध चयन भएकाे कांग्रेस कैलाली महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए । 

उपाध्याय निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत छन् । उपाध्याय यसअघि नगर कमिटीको सचिवका रुपमा काम गर्दै आएका थिए । 

उपाध्याय नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । नगरका लागि अन्य पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन् । सहमतिको प्रयास भने जारी रहेको कांग्रेसले जनाएको छ ।
 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १२:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया