जसको पेटमा आफैं बियर बन्छ !

एजेन्सी– यो सुन्दा पत्याउनै सकिने खबर होइन । तर, यो दुनियाँमा अचम्मका घटना बाहिर आइरहेका हुन्छन् । अब एउटा त्यस्तै अचम्मको घटना बाहिर आएको छ ।

यो अमेरिकाको घटना हो । त्यहाँ ४६ वर्षका एक व्यक्तिको पेटमा आफैं बियर उत्पादन हुन्छ, उनले खानै पर्दैन । सन् २०१४ मा त उनी मदिरा पदार्थ सेवनको जाँचमा पक्राउ पनि परेका थिए । तर, उनले त्यति बेला बियर पिएका थिएनन् ।

यो खासमा एउटा बिमारका कारण भएको हो । उनको पेटमा आफैं बियर बन्ने यो रोगको नाम हो– अटो ब्रिअरी सिन्ड्रोम । 

खासमा उनको शरीरमा एउटा फंगस विकास हुँदै रहेछ जसले कार्बोहाइड्रेटलाई मदिरामा परिणत गर्दो रहेछ । रिचमण्ड विश्वविद्यालयका एक विशेष चिकित्सकले यो कुरा पत्ता लगाएका हुन् । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २२:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया