न्युजिल्याण्डसँगको टी-२० श्रृंखला भारतले एक खेल अगावै जित्यो

न्युजिल्याण्डविरद्धको टी-२० श्रृंखलाका भारतले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । गएराति सम्पन्न दोस्रो खेलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारतले तीन खेलको श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।

दोस्रो खेलमा न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि केएल राहुल र रोहित शर्माले अर्धशकीय पारी खेले ।

राहुलले ४९ बलमा ६ चौका र २ छक्कासहित ६५ रन बनाए । त्यस्तै, रोहितले ३६ बलमा एक चौका र ५ छक्काको सहयोगमा ५५ रनको पारी खेले । वैंकटेश अय्यर र ऋषभ पन्तले अविजित १२/१२ रन बनाए ।

बलिङमा टिम साउदीले तीन विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो ।

उसका लागि ग्लेन फिलिप्सले ३४, मार्टिन गुप्टिल, डारियल मिचेलले ३१/३१, मार्क च्यापम्यानले २१ र टिम साइफर्टले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा हर्षल पटेलले दुई, रविचन्द्रन आश्विन, भुवनेश्वर कुमार, दीपक चाहर, अक्षर पटेलले एक/एक विकेट लिए । भारत र न्युजिल्याण्डले सिरिजको अन्तिम तथा तेस्रो म्याच आइतबार खेल्ने छन् ।  





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ६:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया