रणबीरकी अनस्क्रिन पत्नी परिणीति !

बलिउड अभिनेता रणबीर कपुर फिल्ममा अभिनयका कारण मात्र होइन, जीवनसँग जोडिएका विषयमा पनि बारम्बार चर्चामा आइरहेका हुन्छन् । अहिले आलिया भट्टसँग अफेयर चलेकाले उनी गसिपको विषय बनिरहेका हुन्छन् ।

अहिले चाहिँ उनको चर्चा सन्दीप रेड्डी वांगाको फिल्म एनिमललाई लिएर सुरु भएको छ । 

रणबीर कपुर, अनिल कपुर, बबी देओल, परिणीति चोपडाले अभिनय गरेको यो फिल्म अब छिट्टै सिनेमा घरहरुमा आउँदैछ ।

बहुप्रतिक्षित यो फिल्म सन् २०२३ को अगस्ट ११ मा रिलिज हुने बताइएको छ । यसका साथसाथै यो फिल्मबारे आएको अर्को जानकारी हो– फिल्ममा रणबीरको अनस्क्रिन पत्नीको भूमिकामा परिणीति चोपडा देखिने छिन् । अनिल कपुर चाहिँ फिल्ममा रणबीरका पिता हुने भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ६:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया