१४ अप्रिलमा आमिरको लाल सिंह चड्ढा र यसको केजिएफ २ भिड्ने

आमिर खान र करिना कपूर स्टारर फिल्म लाल सिंह चड्ढाको रिलिज डेट सार्वजनिक भएको छ । आमिर खान प्रोडक्सनले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट घोषणा गरेको हो ।

लाल सिंह चड्ढा अब १४ अप्रिल २०२२ को रिलिज हुने भएको छ । पहिले यो फिल्म ११ फेब्रुअरीमा रिलिज हुने बताइएको थियो । अब यो फिल्म बक्स अफिसमा केजिएफ २ सँग भिड्ने भएको छ ।

१४ अप्रिलका दिन दुवै ठूला बजेटका फिल्म आपसमा भिड्ने भएका हुन् । एकातर्फ लाल सिंह चड्ढामा बलिउडका सुपरस्टार एक्टर आमिर खान र करिना कपूर देखिँदै छन् भने केजिएफमा यस देखिँदै छन् । यसको अघिल्लो भागले बक्स अफिसमा धूम मचाएको थियो । यस्तोमा केजिएफ २ लाई पनि दर्शकहरू निकै प्रतीक्षा गरिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १७:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया