गायिका शान्तिश्री परियार नयाँ गीत लिएर आएकी छन । पछिल्लो पटक शान्तिश्रीको स्वरमा ‘बत्ती मधुरो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत गायनमा शान्तिश्रीलाई विनोद भण्डारीले साथ दिएका छन् ।
सार्वजनिक गीत भगवान भण्डारीले लेखेका हुन् । गीतकार भण्डारीकै संगीत रहेको गीतमा संगीत संयोजन भने मनोज खड्काले गरेका छन् ।
गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गाउँले परिवेशमा लेखिएको गीतको भिडियोमा पनि सोही परिवेशलाई झल्काउने कोशिस गरिएको छ ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा रामजी खाँण र रन्जिता गुरुङले अभिनय गरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियो सम्पादन विष्णु शर्माले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।