पत्रकार नन्द ऐडीको निधन

हुम्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ ।

काठमाडौंको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनकी श्रीमती बविता बुढाले बताइन् ।

पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । ३० वर्षको उमेरमा ऐडीको निधन भएको हो । 

पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए । उनकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । 

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो ।   





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १०:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया