क्यालिफोर्नियामा लागेकाे आगाेमा परी ५९ जनाको मृत्यु

एजेन्सी– मेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा एक साता अगाडीदेखि फैलिएकाे भिषणमा आगोमा परी अहिलेसम्म ५९ जनाको मृत्यु भएको छ । १३० जना वेपत्ता छन् । शवकाे खाेजीमा ४२२ जना उद्धारकर्मी र २२ वटा कुकुर परिचालन गरिएकाे छ । 

क्यालिफाेर्नियाकाे बुट्टे काउन्टीकाे प्याराडाइज शहर पूर्ण रुपमा जलेको छ । उक्त शहरमा २६,००० जनस‌ंख्याकाे बस्ती थियाे । अमेरिकाकाे इतिहासमै याे सबैभन्दा भयावह अागलागीकाे घटना मानिएकाे छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जंगलमा लागेको आगोका कारण घर, गाडी जलेर खरानी भएका छन् । जसमा रहेका धेरै मानिसहरुको आगोमा परेर मृत्यु भएको छ । 

रेस्क्यु टिमले जलेका गाडी तथा घरबाट मानिसका शवहरु झिकिरहेको सञ्चारमाध्यमले जनाएका छन् । आगलागीमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । मृत्यु हुनेमा अधिका‌ंश ६० वर्षभन्दा माथिका मानिसहरु रहेका छन् । 

मानिसको शव पहिचानका लागि डिएनए टेस्टका साहरा लिन परेको बताइएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १३:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया