ए डिभिजन : विभागीय डर्बीमा आर्मी र पुलिस भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन  सोमबार दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । यो विभागीय डर्बी दिउँसो १ बजे सुरु हुनेछ।

आज दुबै टोली जित निकाल्दै लिगमा सुखद सुरुवात गर्ने योजनामा छन्। आर्मी भरत खवास तथा पुलिस राम बाजीको कप्तानीमा मैदान उत्रनेछ ।

दोस्रो खेलमा साविक बिजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । यो खेल साँझ पौने पाँचबाट सुरु हुनेछ ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्र उपाधि रक्षा अभियानको सुरूवात जितबाट गर्न चाहन्छ ।

अजित प्रजापतिको कप्तानीमा रहेको एनआरटी पनि सुखद् सुरूवातको लक्ष्यमा  छ।
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ८:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया