मिलन पाण्डेले भने– माफ गर्नुस्, साझासँग एकता गरेर गल्ती भयो

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूहरुले साझा पाटीसँग दोस्रो पटक एकता गरेर गल्ती गरेको स्वीकार गरेका छन् । सामाजिक सन्जालमा एउटा लामो स्टाटस लेख्दै उनले आफूले गल्ती गरेको भन्दै माफी गरेका छन् ।

नेपाल विवेकशील पार्टी दर्ता भएको प्रसंगलाई निकाल्दै पाण्डेले आफूहरुले साझा पार्टीसँग एकता गर्दा अर्को पक्षलाई विश्वास गरेर गल्ती भएको बताएका हुन् ।

उनले सुसँस्कृत विवेकशील राजनीति गर्ने क्रममा आफूहरुलाई यसरी विश्वासघात होला भन्ने पहिले नसोचेको पनि बताएका छन् । ‘आखिर राजनीति विश्वास न हो,’ उनले भनेका छन्, ‘हामीले विश्वास गर्यौँ ।’

गत मंसिरमा दोस्रो पटक एकता गरेका साझा पार्टी र विवेकशील पार्टीका दुई समूहबीच फेरि फुट आइसकेको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी गरेको भन्दै पाण्डे समूहले आपत्ति जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १२:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया