टि-२० एसिया छनोट : भुटानले दियो नेपाललाई ६२ रनको लक्ष्य

आइसिसी महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा भुटानले नेपालसामु ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनायो ।

भुटानका लागि नगावाङ चोडेनले १३, सोनम पाल्डनले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सीता रानामगरले ३, करुणा भण्डारीले १ विकेट हात पर्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १६:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया