‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को घोषणा

गायन रियालिटी सो को अर्को एउटा श्रृखंला थपिएको छ । भ्वाइस स्टार नेपाल प्रालिले ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को घोषणा गरेसँगै गायन रियालिटी सो को संख्या थपिएको हो । 

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेज टेलिभिजनबाट प्रसारण हुनेछ ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ प्रसारण र उत्पादनका लागि इमेज टिभी र भ्वाइस स्टार नेपाल प्रालिबीच औपचारिक सम्झौता भइसकेको छ । यो रियालिटी सोले देशको दूरदराजमा रहेका प्रतिभालाई बाहिर ल्याउने निर्देशक रवि श्रेष्ठले दाबी गरे ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’पहिलो चरणको अडिसन डिजिटल प्लेटफर्ममा हुनेछ । पुसको पहिलो साताबाट सुरु हुने डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सहभागी गराउने निर्देशक श्रेष्ठले बताए ।

२५ भाग प्रसारण हुने यो सोको निर्णायक भने घोषणा हुन बाँकी छ । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’का विजेताले २५ लाख पुरस्कार जित्नेछन् । विजेता दर्शकको भोटको आधारमा छनोट गरिने आयोजकले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १२:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया