निजी क्षेत्रले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएकाे छ : अर्थमन्त्री शर्मा
फाइल फाेटाे

अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाले निजी क्षेत्र निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे ।

अर्थमन्त्री शर्माले निजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनुपर्नेमा जाेड दिए ।

उनले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकाेले कोभिड पछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताए ।

उनले भने,‘अहिले सरकारको बजेट र लगानी सानो रहेको छ । हामीले निर्माण गरेका संरचनाहरूको खर्च गर्ने प्रवृति हेर्दा चालु खर्चलाई मात्रै पनि धान्न समस्या छ । यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ । अहिले राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको छ । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ ।  कोभिड पछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन, न त निजी क्षेत्रको खाेजेजस्तो सहुलियत पुरा गर्ने प्रयास जारी छ ।’

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको बताए । उनले अब सरकारसँग मिलेर निजी क्षेत्रले ठूला पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरे।



यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिसिडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताए । 

नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाँडै माथि उठ्न सक्ने अवस्थामा पुगेकाे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाकाे भनाइ छ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १४:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया