सप्तरीमा घाँटी रेटिएको अवस्थामा वृद्धको शव फेला

सप्तरीमा घाँटी रेटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–६ बस्ने अन्दाजी ८० वर्षीय मिश्रिलाल मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ । 

घाँटी रेटेर मण्डलको शव छिन्नमस्ता सडकखण्डको झौखराही नामक फुलबारीमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

धारिलो हतियारले घाँटी काटिएको अवस्थामा उनको शव फेला परेको उनले बताए । मण्डल बुधबार बिहान करिब १० बजे घरबाट सखडाका लागि निस्केको परिवारजनले जनाएको छ ।
 
इलाका प्रहरी कार्यालय छिन्नमस्ता र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १८:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया