विश्वकप एसिया छनोट : मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपाली महिला टोली ६ विकेटले विजयी भएको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो ।

यसअघि नेपालले भुटान र कुवेतलाई हराइसकेको छ । पहिलो खेलमा भने नेपाल हङकङसँग पराजित हुन पुग्यो । आफ्नो चौथो खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २०, सरिता मगरले अविजित १५ र कविता कुँवरले १० रन बनाए । बलिङमा आयसा इल्साले एक विकेट लिइन् । मलेसियाले तीन विकेट भने रनआउटको रूपमा प्राप्त गर्‍यो ।

त्यसअघि, दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो ।

उसका लागि इल्सा हन्टरले सर्वाधिक रन बनाइन् । उनले ४८ बलमा चार चौकाको सहयोगमा अविजित ३९ रन बनाइन् । त्यस्तै, मास एलिसाले १४ र युश्रीना याकोपले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमासमेत रन जोड्न सकेनन् ।

बलिङमा सवनम राईले २, कविता कुँवर, सीता रानामगर र रुबिना क्षेत्रीले एक/एक विकेट हात पारे । नेपाललाई दुई विकेट भने रनआउटको रूपमा प्राप्त भयो ।



आजको जितसँगै नेपाल फेरि शीर्ष स्थानमा उक्लिएको छ । नेपालले अब आफ्नो पाँचौ खेलमा आइतबार यूएईको सामना गर्नेछ ।  



  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १४:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया