प्रिमियर लिगमा प्रशिक्षक बर्खास्तको लहर

फुटबल लिगमा क्लबले आफ्ना प्रशिक्षक हटाउनु सामान्य मानिन्छ । यो सिजन पनि विभिन्न लिगका धेरै प्रशिक्षक बर्खास्तमा परे । अन्य लिगको तुलनामा इंग्लिस प्रिमियर लिग क्लबले धेरै प्रशिक्षक बर्खास्ती गरे । यहाँ केही क्लबले बर्खास्त गरेका प्रशिक्षककाे बारेमा सामान्य चर्चा गरिनेछ ।

म्यानचेस्टर युनाइटेड

युनाइटेड आफ्ना प्रशिक्षक बर्खास्त गर्ने पछिल्लो प्रिमियर लिग टोली हो । उसले केही दिनआघि मात्र ओले गनर साेल्सायरलाई पद मुक्त गर्‍याे । सन् २०१८ देखि टोली सम्हाली रहेका साेल्सायरलाई हटाएर युनाइटेडले माइकल क्यारिकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । 

क्यारिकको प्रशिक्षणमा हालसम्म युनाइटेडले खेलेको एक मात्र खेलमा जित हात पारेको छ । साेल्सायरको नेतृत्वमा युनाइटेडले १६८ खेल खेल्दा ९१ जित, ३७ बराबरी तथा ४० हारको नतिजा निकालेको थियो । 

टोटेनहम

टोटेनहमले यो वर्ष २ प्रशिक्षकलाई बर्खास्त गर्‍याे ।  उसले लिगको सुरुवातमा रायन मेसनलाई हटाएर नुनो सान्टोलाई मुख्य प्रशिक्षको जिम्मेवारी दिएको थियो ।
 
सान्टोले लामो समयसम्म टोटेनहमको नेतृत्व सम्हाल्न पाएनन् । क्लबले उनको स्थानमा एन्टोनियो कान्टेलाई मुख्य प्रशिक्षक बनाएको छ । कान्टेकाे नेतृत्वमा टोटेनहमले ४ खेल खेल्दा २ जित हात पार्दा समान १ बराबरी र हार बेहोरेको छ । 



नुनोको प्रशिक्षणमा टोटेनहमले १७ खेल खेल्दा ८ जित २ बराबरी र ७ हारको नजिता हात पारेको थियो । 

न्युक्यासल युनाइटेड 



न्युक्यासलले पनि यो सिजन २ प्रशिक्षकलाई बर्खास्त गर्‍याे । उसले अक्टोबरमा स्टिभ ब्रुसको स्थानमा ग्रिम जोन्सलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।जोन्सको नेतृत्वमा न्युक्यासलले ३ खेल खेल्दा २ बराबरी र १ हारको सामना गर्‍याे । न्युक्यासलले नोभेम्बरमा एडी होबीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्‍याे ।

होवीको नेतृत्वमा न्युक्यासलले खेलेको एक मात्र खेलमा बराबरीको नतिजा निकालेको छ ।
 
एस्टन भिल्ला

एस्टन भिल्लाले केही समयअघि डिन स्मिथको स्थानमा स्टिभन जेरार्डलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । 

जेरार्डको प्रशिक्षणमा भिल्लाले एक खेल पनि खेलेको छैन । सन् २०१८ देखि मुख्य प्रशिक्षक रहेका स्मिथको नेतृत्वमा क्लबले १३४ खेल खेल्दा ५५ जित, २८ बराबरी र ५१ हारको नतिजा निकालेको थियो । 

यी बाहेक उल्भरहामटन, एर्भटन लगायतका क्लबले पनि यो सिजन नयाँ प्रशिक्षक नियुक्त गरे ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १६:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया