सरकारबाट हामीलाई हटाएपछि देश अस्थिर भएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेपछि देशमा अस्थिरता आएको बताएका छन् । चितवनमा जारी पार्टीको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले अहिल  देशमा आर्थिक अनियमितता बढी रहेको बताएका हुन् ।

‘अहिले हामी हटेपछि देश अस्थिर भएको छ । देश आर्थिक अनियमिततातर्फ धकेलिएको छ’ उनले भने ।

उनले आफू नेतृत्वको सरकारलाई असंवैधानिक तरिका र जनताको इच्छा र आकांक्षाविपरीत हटाइएको दाबी पनि गरे । उनले जनमत हुँदाहुँदै सर्वोच्च अदालतको परमादेशमार्फत् सरकारबाट हटाइएको बताए । ‘जनादेशको अभावमा हटेका होइनौं, असफलताका कारण हटेका हैनौँ,’ उनले भने, ‘षड्‍यन्त्र र असंवैधानिक कारणले हटेका हौं ।’

नेकपा गठन भएको सुरुकै दिनदेखि एमालेविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै उनले पार्टीभित्रका नेताहरू लागेर नेकपा विभाजन गरिएको बताए ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १८:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया