कांग्रेसमा एकताको विकल्प छैनः नेता श्रेष्ठ

पोखरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् । 

नेपाली कांग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा आज यहाँ आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव संकलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले गुट उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए । 

नेपाली जनताले एकताबद्ध संगठित कांग्रेसको अपेक्षा गरेको बताउँदै उनले पार्टीको आन्तरिक संगठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उनले जथाभावी कर वृद्धि र महँगीको मारमा जनता पिल्सिएको बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए । 

नेपाली कांग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाटलगायतले पार्टीको सशक्तीकरणलगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १३:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया