एमाले नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछोड्ने अडान लिएका छन् ।
आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीसँग भेटेमा आफूले वरिष्ठ उपाध्यक्ष पद नछोड्ने अडान लिएका हुन् । ओलीलाई भेट्न सुवास सहित विष्णु पौडेल उनी बसेको होटलमा पुगेका थिए ।
भेटका क्रममा उनले अध्यक्ष ओलीलाई भनेका थिए, 'सबै पदमा सर्वसम्मत भए ठीक छन, नभए वरिष्ठ उपाध्यक्ष छोड्दिनँ ।'
अध्यक्ष पदकै लागि चुनाव हुने सम्भावना बढेको तर्फ इंगित गर्दै उनले सबै पदमा सर्वसम्मत हुनुपर्ने अध्यक्ष ओलीलाई सुझाएका थिए । सर्वसम्मत नेतृत्व चयन गर्न चाहेका ओलीलाई अध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरेपछि अफ्ठ्यारो भएको छ ।
ओलीले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष पदमा अडान नलिन आग्रह गरेका थिए । उनले नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन समेत दिएका छन् ।
यद्यपि नेम्वाङले ओलीको प्रस्ताव अस्वीकार गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने अडान राख्दै आएका छन् । वरिष्ठ उपाध्यक्षको ईश्वर पोखरेल पनि दाबेदार हुन् ।
अध्यक्ष ओलीलाई आकांक्षीलाई व्यवस्थापन गर्न सकस हुँदा बन्दसत्रको बाँकी कार्यक्रम प्रभावित बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।