क्यालिफोर्निया डढेलोः मृत्यु हुनेको संख्या ७७ पुग्यो

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
उत्तरी क्यालिफोर्निया राज्यमा १० दिनअघि सुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् । 

यस विपदमा हराइरहेका व्यक्तिहरूको संख्या १२ सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १२:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया