‘मेरो झण्डा फरफराउँछ’ गीत सार्वजनिक

राष्ट्रिय पोसाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । 

माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् भने सन्चु थोकरको छायांकन रहेको छ । 

गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्वप्रहरी सुपरीवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतलाई देख्न सकिन्छ ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियोभन्दा फरक तरिकाले भिडियो बनाएको बताए । भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २१:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया