संघीय लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्षमा रेखा राई

संघीय लिम्बुवान सामाजिक मञ्च कतारको चौथो अधिवेशन सकिएको छ । शनिबार सकिएको अधिवेशनबाट रेखा राई खामसामालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । 

अधिवेशनले ६२ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बर लिबाङ सिसेक, कुमार योङहाङ, तेजबहादुर थेवे, लोकबहादुर कुरुम्बाङ, युवराज वेघा, सागर तुम्बाहाङ्फे, तुलसी मिभक, गजेन्द्र चेम्जोङ र नन्दकुमार माबोलाई चयन गरेको छ ।

त्यस्तै, महासचिवमा सुजन पराहाङ निर्विरोध चयन भएका छन् । महाधिवेशनले उपमहासचिवमा नगेन्द्र लिङदम मौसम र होम फियाकलाई चयन गरेको छ ।

उपमहासचिव तथा प्रवक्तामा भविन्द्र तुम्बापो ताङसाहाङ निर्वाचित भएका छन् । सचिवमा अमिर लावती, अमृत कुरुम्बाङ, दिपेन सेनेहाङ, खगेन्द्र नेम्बाङ र मञ्जु सावा रहेका छन् । 

अर्थसचिवमा टीका मिभक, सह-अर्थसचिवमा डिक लाल लिङदम, पर्शुराम चौधरी चयन भएका छन् ।



पहिचानमा आधारित लिम्बुवानसहित, किरात खम्बुवान, मगरात, तमुवान, मधेस, थारुहट, शेर्पा, तामाङसालिङ, नेवा, खसान र दलित शिल्पीलगायत १०ं प्लस १ प्रान्तको स्थापनाको लागि सहयोग र समर्थन गर्न नव कार्यसमितिले संकल्प गरेको छ ।

मञ्चले सामाजिक क्रियाकलाप, मानवीय सहयोग, खेलकुद, सांस्कृतिक, धार्मिक एवं अन्य विविध क्षेत्रहरूमा पनि नेपाली समुदायसँग हातेमालो पनि गर्दै आएको छ ।  



  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार ८:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया