राप्रपामा दुई पूर्वआइजिपी र एक पूर्वजर्नेल निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) र एक जना नेपाली सेनाका पूर्वजर्नेल निर्वाचित भएका छन् ।

पूर्वआइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी पूर्वआइजिपी रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १०:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया