रुपन्देही प्रहरीद्वारा १८ लाख मूल्यबराबरको अवैध सामान बरामद
फरकधार / १९ मंसिर, २०७८

रुपन्देही प्रहरीले १८ लाख मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याइएको अवैध जुत्तासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।



रुपन्देहीको सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट बुटवल ल्याउँदै गरेकाे लु१च ८२१३ नम्बरको बाेलेरो पिकअप जिप चेकजाँच गर्ने क्रममा प्रहरीले जिपभित्र २५ कार्टुन अर्थात् ७५० जोर अवैध जुत्ता फेला पारेको हो । 

चालकलाई आवश्यक कारबाहीका लागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

बरामद सामानको मूल्य करिब १८ लाख रुपैयाँ रहेकाे छ ।



यसैबीच प्रहरीले लागुऔषसहित एकजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने सुनिल गौचनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

गौचनको घरमा खानतलासी गर्दा प्रहरीले कोठाभित्र रहेको स्टिलको दराजमा राखिएको सेरिज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र विभिन्न किसिमका मोबाइल तीन थान बरामद गरेको हो । 

पक्राउ परेका गौचनमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १५:४:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया