लुम्बिनीले उचाल्यो यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

वाइवाइ पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ । लुम्बिनीले आइतबार सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि ११३ रनको फराकिलो जित निकाल्दै  उपाधि उचालेको हो ।
 
२१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सवै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रनको योगदान दिए । कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

लुम्बिनीका लागि अजय चौहानले ५, दुर्गेश गुप्ताले ३ र मोहम्मद हुसेनले २ विकेट हात पारे ।
 
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका खनालले ५ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए। 

५१ रन जोडेका केसीले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दुर्गेश गुप्ताले ३२ र प्रज्जवल थापाले २४ रनको योगदान दिए । 

सुदूरपश्चिमका लागि आकाश चन्दले ३, हेमन्त धामी र शेर मल्लले २-२ तथा नरेन साउँद र राहुल भण्डारीले १-१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
 
मंसिर ७ देखि सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगितामा ७ टोलीको सहभागिता थियो । लुम्बिनीले समूह विजेता तथा सुदूरपश्चिमले उप विजेतका रूपमा फाइनल खेलेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १५:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया