सबैको आत्मसम्मानसहित निर्वाचनको वातावरण बनाउन एनआरएनए महासचिव शर्माको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए)का महासचिव डा. हेमराज शर्माले कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आह्वान गरेका छन् । उनले सबैको आत्मसम्मान हुने गरी निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेका छन् । 

उच्च अदालत पाटनले आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय समितिको समयावधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेशलाई निरन्तरता दिने फैसलापछि शर्माले यस्तो आह्वान गरेका हुन् । 

अदालतको आदेशले पूर्वनिर्धारित समयमा निर्वाचन हुने बाटो खुलेको भन्दै शर्माले अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिई संघभित्रका समस्याको समाधान खोज्न पुनः प्रयत्न गर्नुपर्ने बताएका हुन् ।  

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, उम्मेदवार, संरक्षक, सल्लाहकार, संस्थापक, अग्रज, शुभचिन्तकलाई  एकता कायम गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध गरेका छन् । अहिलेसम्म भएका घटनाबाट पाठ सिक्दै आत्मसमीक्षा गरिने उनले बताए ।
 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया