गृह प्रवक्तामा सहसचिव कोइराला नियुक्त

गृह मन्त्रालयको प्रवक्तामा सहसचिव प्रदीपकुमार कोइराला नियुक्त भएका हुन् । 

प्रवक्ताको जिम्मेवारी पाएका सहसचिव कोइराला मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कार्यरत थिए ।  यसअघि सहसचिव फणिन्द्रमणि पोखरेल गृह प्रवक्ता थिए। 

पोखरेल अमेरिका जाने भएपछि प्रवक्ताको जिम्मेवारी कोइरालालाई दिइएको गृह मन्त्रालयले जनाएको छ । 

यसअघि कोइरालाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २०:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया