कांग्रेस महाधिवेशनः गौशालामा सिटौलाको छुट्टै बैठक
फरकधार / २१ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आआफ्नो समूहका छुट्टाछुट्टै बैठक गरिरहेका छन् । सभापतिमा साझा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले चाक्सीबारीमा प्रकाशमान सिंह निवासमा बसिरहेको छ ।



यहीबीच कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।

गौशालामा सिटौलासहित उनीनिकट नेताहरु महाधिवेशनको विषयमा छलफल गर्न जुटेका हुन् । सिटौलाको यो बैठकमा उनीनिकट नेताहरु उमाकान्त चौधरी, प्रदीप पौडेल, भीमसेन दास प्रधान, शिव हुमागाईलगायत जुटेका छन् ।



बैठकमा आगामि महाधिवेशनको विषयमा छलफल केन्द्रित भएको सहभागी एक नेताले फरकधारलाई जानकारी दिए ।



यो महाधिवेशनमा सिटौलाले अहिलेसम्म आफैं सभापतिमा उठ्ने वा अरु सभापतिको उम्मेदवारलाई समर्थन गर्ने भन्ने अहिलेसम्म तय गरिसकेका छैनन् । उनले आफूनिकट नेताहरुलाई चाहिँ आफैं सभापतिको उम्मेदवार हुने बताएका छन् ।

तर, उनले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने सम्भावना बढी छ । यसअघि उनको समूहमा रहेका गगन थापा, सभापतिका आकांक्षी शेखर कोइरालाले चाहिँ उनलाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १५:५०:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया