प्रदेश १ का मुख्यमन्त्री राईले भने - ठर्रा नामको रक्सी खाएर ‌‌ओलीको मिर्गौला फेल भयो

प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला लोकल ठर्रा पिएर फेल भएको बताएका छन् । नेकपा एकीकृत प्रदेश-१ कमिटीले इटहरीमा मंगलबार गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले छुद्र टिप्पणी गरेका हुन् ।

उनले कुनै बेला एमालेमै रहेका नेता राधाकृष्ण मैनालीलाई उद्धृत गर्दै मुख्यमन्त्री राईले भने, 'मिर्गौला केपी ओलीको किन फेल भयो भन्दा हामी जेलबाट निस्किएपछि हामीसँग राम्रो जातको रक्सी खाने पैसा थिएन राम्रो होटलमा खाने पैसा थिएन । हामी पाटनका गल्लीहरूको छाप्रे होटलमा गएर सस्तो जातको ठर्रा नामको रक्सी खान्थ्यौँ त्यसमा मासु, तरकारी खाने पैसा पनि हामीसँग थिएन । हामी रक्सी मात्र खान्थ्यौँ । त्यो रक्सीको असर स्वरूप केपी ओलीको मिर्गौला फेल भएको हो ।'

उनले उतिबेला खानेकुरा समेत नभएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसँग अहिले अर्बौंको सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गरे । उनले भने 'आज त्यस्तो मान्छेको अर्बौंको सम्पत्ति, काठमाडौंमा दुई/चारवटा घर अनि अर्बौंको बैंक ब्यालेन्स र विदेशी बैंकमा पैसा कसरी आउँछ ?'





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १९:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया