यसअघि पनि हेलिकोप्टर दुर्घटनाबाट बाँचेका थिए भारतीय रक्षा प्रमुख रावत

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परी रक्षा प्रमुख विपिन रावत गम्भीर घाइते भएका छन् । उनकी पत्नीसहित १४ जना सवार हेलिकोप्टर भारतको तमिलनाडुको कुन्नुरको जंगलमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रक्षा प्रमुख रावतलाई सैनिक अस्पताल भर्ना गरिएको छ । अस्पतालमा उनको अवस्था कस्तो छ भन्ने केही जानकारी बाहिर आउन सकेको छैन । दुर्घटनामा परेर अहिलेसम्म चार जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती सबै शव जलेको अवस्थामा बरामद गरिएको हो । बरामद भएका शवको पहिचान हुन सकेको छैन ।

एयरबेसबाट वेलिङ्टनतर्फ गइरहेको सेनाको हेलिकोप्टर आज दिउँसो १२:२० बजे दुर्घटनामा परेको थियो । हेलिकोप्टर पनि पूरै जलेको अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त बनेपछि हेलिकोप्टरमा आगलागी भएको थियो ।

रक्षा प्रमुख रावत चढेको हेलिकोप्टर यसअघि पनि दुर्घटनाग्रस्त भएको थियो । ३ फेब्रुअरी २०१५ मा नागाल्याण्डको दीमापुरमा दुर्घटनाग्रस्त भएको थियो । त्यो बेला उनी सेनाको लेफ्टिनेन्ट जनरल थिए ।

एमआई १७ हेलिकोप्टर यसअघि पनि दुर्घटनामा परेको थियो । एक महिनाको बीचमा यो दोस्रो एमआई १७ हेलिकोप्टर दुर्घटनामा परेको हो । यसअघि १९ नोभेम्बरमा एमआई हेलिकोप्टर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त भएको थियो ।

कारगिलमा समेत प्रयोग हुने यो हेलिकोप्टर रूसमा बनेको हो । भारतमा यो सन् २०१२ देखि प्रयोग गरिँदै आएको थियो । दुई इन्जिन रहेको यो हेलिकोप्टर ट्रान्सपोर्ट तथा युद्धका लागि समेत प्रयोग गरिँदै आएको छ । कारगिल युद्धमा पाकिस्तानीमाथि उक्त हेलिकोप्टरमार्फत नै आक्रमण गरिएको थियो ।






  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया