रामचन्द्र पौडेलले बहिस्कार गरे केन्द्रीय समिति बैठक

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्य समितिको अन्तिम बैठकलाई पौडेलले बहिस्कार गरेका हुन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले फरकधारसँग भने, ‘सहमहामन्त्री थप्ने लगायत विषयमा असहमति छ । उहाँ जानुहुन्न ।’

बैठकमा संस्थापनइतर पक्षका अन्य नेताहरू भने गएका छन् । महाधिवेशनको अघिल्लो दिन भएको बैठकलाई बहिस्कार गर्नुको कारण पौडेलको सहमहामन्त्रीमा असन्तुष्टि मात्रै नहुन सक्छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १३:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया