यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका निर्णय

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बिहीबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरुसम्बन्धी प्रतिवेदन तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको हो । 

बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित सांगठनिक प्रश्ताव केन्द्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताए । 

त्यस्तै बैठकमा कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेश भएको थियो । सो प्रतिवेदन पनि बैठकले सर्वसम्मतिले पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए । उनका अनुसार अहिले पार्टीसँग १० करोड रुपैयाँभन्दा माथि मौज्दात रकम रहेको लेखासमितिको प्रतिवेदनमा उल्लेख गरिएको पनि बताए । 

त्यस्तै, बैठकले पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजक रहेको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन पनि सर्वसम्मतरुपमा पारित गरेको छ । 

प्रवक्ता शर्माले केन्द्रिय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने बताउनु भयो । त्यस्तै बैठकमा पेश भएको अनुमोदनसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पास भएको र बन्दसत्रमा जान मार्ग प्रशस्त भएको बताए । प्रवक्ता शर्माले भने, महाधिवेशनको बन्दसत्रमा यी तीन वटै प्रतिवेदन प्रस्तुत हुनेछन् ।' 



उनले बैठकमा पार्टीका नेताहरुले महाधिवेशनलाई अझै व्यवस्थित बनाउन र प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेको पनि बताए ।



  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १७:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया