कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पूर्वकानुन राज्यमन्त्री पाख्रिनको घोषणा

पूर्वकानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनी संस्थापनपक्षका नेता हुन् ।

उनको उम्मेदवारी आदिवासी जनजातितर्फको सदस्यमा घोषणा भएको हो । कांग्रेस धादिङको इतिहासमा पाख्रिन पहिलोपटक सांसद निर्वाचित हुँदै राज्यमन्त्री भइसकेका नेता हुन् । 

धादिङमा उनी प्रभावशाली नेता मानिन्छन् ।

पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउन पहल गर्ने उनको एजेण्डा छ । सम्पर्क कार्यालय नयाँबानेश्वरमा खोलेर उनी प्रचारप्रसारमा छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ११:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया