केही अर्ब रुपैयाँमा हाम्रो स्वतन्त्रता गुमाउनु हुँदैन : सिपी मैनाली

नेकपा (माले)को महासचिव सिपी मैनालीले नेपालमा एमसीसीको आवश्यकता नहरेको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले  केही अर्ब रुपैयाँमा स्वतन्त्रता गुमाउन नुहुने बताएका हुन् ।

'सहयोग लिनुपर्छ, सहयोग हाम्रो असंलग्नताको विषयमा होइन । स्वतन्त्रताको मूल्यमा होइन, केही अर्ब रुपैयाँमा हामीले हाम्रो स्वतन्त्रता, असंलग्नतालाई गुमायौँ भने हामीले धेरै नोक्सानी भोग्नु पर्ने छ ।'

यसमा सबै दलको ध्यान जानुपर्ने उनले बताए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया