राप्रपा अध्यक्ष लिङदेनलाई माधव नेपालको जवाफ: अब नेपालमा राजतन्त्रको कुनै भविष्य छैन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले प्रतिगामी तत्वहरूलाई शिर उठाउन दुस्साहस नगर्न चेतावनी दिएका छन् । 

आज राजधानीमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नरहेको समेत बताए । 

‘नेपाली राजनीतिका प्रतिगामी तत्वहरूलाई भन्छु– फेरी शिर उठाउने दुस्साहस नगर्नुहोस् । नदीको प्रवाह अघि बढिसकेको छ । पछाडि फर्कदैन। त्यसैले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन,’ नेता नेपालले भने । 

राजतन्त्रको मुद्दा उठाउनेहरू विरुद्ध जनता मेचीदेखि महाकालीसम्म ज्वालामुखी झै विस्फोट हुने दाबी उनले गरे । 

नेपालले सम्बोधन गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र पुनःस्थापना गर्नुपर्ने तर्क सोही कार्यक्रममा राखेका थिए । 

अध्यक्ष नेपालले सम्बोधनका क्रममा नेपाली राजनीतिको विकृतिको रुपमा भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति, अरुको सम्मान र मर्यादा नगर्ने पद्धति विकास भइरहेको बताए ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया