पहिलो खोप लगाएकालाई दोस्रो, दुई डोज लगाएकालाई बुस्टर डोजको तयारी गर्दै छौँ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोपबाट नागरिक वञ्चित हुन नपर्ने बताएका छन् । पाल्पाको तानसेनमा आयोजित नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेको बताए । 

सबैले दोस्रोपटकको खोप लगाउन पाउने उनले बताए । दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी पनि सरकारले गरेको बताए ।
    
सरकारले सामान्य बिरामीहरू स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताए । सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न ५ देखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उनले बताए । 

नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने भन्दै उनले स्वास्थ्य बिमामा देखिएको समस्या समधान गर्न सरकार तयार रहेको बताए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १९:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया