कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

नेपाली कांग्रेस आज चुनावी प्रक्रियामा जाँदैछ । बिहान १० बजेदेखि मनाेनयन दर्ता हुनेछ । मनाेनयनकाे समय बेलुकी ५ बजेेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मनाेनयनपछि भने दाबी/विराेध हुनेछ । समय बेलुकी ५ देखि ७ बजेसम्म ताेकिएकाे छ । दाबी/विराेधकाे निर्णय गर्ने समय सीमा ७ बजेदेखि ९ बजेसम्म निर्धारित छ।

निर्वाचन समितिका अनुसार आइतबार (भाेलि) दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । 

पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पद छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने विधानमा प्रावधान छ । 

केन्द्रीय सदस्यमा प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।

दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिने छन् ।​​



अल्पसङ्ख्यकबाट १ र अपाङ्गता भएकाबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट चुनिने भएको छ ।

नयाँ नेतृत्वका लागि सभापतिमा संस्थापनबाट शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित जस्तै छ । संस्थापन इतरबाट भने कसले सभापति पदमा उम्मेदवारी दिने भनेर अहिलेसम्म टुंगो लाग्न सकेको छैन । आकांक्षी धेरै भएकाले इतर पक्षबाट सभापतिको उम्मेदवारको टुंगो लाग्न ढिलाइ भएको हो । 




  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ७:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया