क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड कसरी बनाउने ?

विदेश यात्रामा जानको लागि कोरोना भाइरसविरुद्धको खोप लगाएकाले विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ । विदेश जान चाहनेहरूले अनिवार्य रूपमा क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउनुपर्छ । त्यसका लागि अनलाइन मार्फत खोप कार्ड प्रमाणीकरण गराउन सकिन्छ । 
खोप प्रमाणीकरणका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गइ अनलाइन फारम भर्न सकिनेछ । 
आवेदन फारम भर्दा तीन वटा कागजातहरू परिचय पत्र वा पासपोर्ट, पासपोर्ट साइजको फोटो र खोप कार्ड अपलोड गर्नुपर्छ । आवेदन दर्ता भएपछि रजिष्ट्रेसन नम्बर दिइन्छ । जुन आफुले सुरक्षित राख्नुपर्नेछ । 

आवेदन भरिसकेपछि प्रमाणीकरण हुन कम्तिमा २४ देखि ४८ घण्टा लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्नो आवेदनको अवस्थाबारे बुझ्न https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदन दर्ता नम्बर र जन्ममिति राखी खोज्न सकिनेछ । 

आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ । भने आवेदन अस्वीकृत भएमा विवरण सच्याएर पुनः पेश गर्नुपर्छ र अर्को दिन पुनः https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको अवस्था बुझ्न सकिनेछ र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ । 

कुनै प्राविधिक समस्या आएमा जोन्सन एण्ड जोनसनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य संस्था भएको स्थानीय पालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

उक्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन । प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने लिनु पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १३:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया