logo-img

सेन्ट्रल जोनका लागि नेपाली महिला भलिबल टाेलीको घाेषणा
फाइल तस्बिर

 बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका  लागि नेपाली राष्ट्रिय महिला टाेलीको घोषणा भएको छ ।

नेपाल भलिबल संघले आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्यीय टाेली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ खेलाडीलाई समेटेको हो ।

कामना विष्ट, शान्ती थारू र लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टाेलीमा स्थान बनाउँदा कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् ।

 प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म ढाकामा हुनेछ । नेपाल प्रतियाेगिताकाे साविक विजेता टाेली हाे  ।

नेपाली टाेली : अरुणा शाही, प्रतिभा माली, उषा भण्डारी , सरस्वती चौधरी, शान्ति थारु, सफिया पुन, सुनिता खड्का,  मनिषा चौधरी, कृपा अधिकारी, सिलना श्रेष्ठ, कामना विष्ट र लक्ष्मी चन्द  





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ८:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया