महाधिवेशनपछि कांग्रेस बलियाे र बिस्तारित पार्टी बन्छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका हुन् ।

उनले पार्टीलाई महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेकाे पनि बताए ।

नेता महतले भने, ‘नेपाली कांग्रेस पार्टीलाई एउटा बलियो पार्टी, बिस्तारित पार्टी र सम्पूर्ण जातजाति, धर्मसंस्कृति, भाषा, भेष, सबैको साझा पार्टी, आम जनताको पहुँचमा जोडिने पार्टीको रूपमा रूपान्तरण गर्ने हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई आदरणीय नेता, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहन्छौं । उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । नेपाल मात्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले पूरा हुँदैन, अनेक जातजाति, भाषाभाषीहरूको पनि त्यत्तिकै आवश्यक छ । नेता, कार्यकर्ताहरूको सहयोगमा म पार्टीलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिवद्धता जनाउँछु ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशीताको आधार बने पनि सदस्यतामा अझै समावेशीता नभएको बताए । उनले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्नेमा जाेड दिए । 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १३:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया