ला लिगा : मड्रिड डर्बी आज

स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने खेलमा मड्रिडका दुई टोली रियल र एट्लेटिको आमनेसामने हुनेछन् । 

खेल नेपाली समय अनुसार राति पौने रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । शीर्ष स्थानको रियल घरेलु मैदानको फाइदा उठाउँदै जित हात पारेर अंक दुरी आठ बनाउने सोचमा हुनेछ ।

रियलले १६ खेलमा ३९ अंक जोड्दा र ३५ अंकका साथ सेभिया दोस्रो स्थानमा छ । एट्लेटिको पनि रियललाई स्तब्ध पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने प्रयासमा हुनेछ । हाल ऊ १६ खेलमा २९ अंकका साथ चौथो स्थानमा छ ।

पछिल्लो समय चोटग्रस्त करिम बेन्जिमा, इडेन हजार्ड र ग्यारेथ बेल मैदान फर्कनु रियलका लागि शुभ संकेत हो ।  

एट्लेटिकोका महत्वपूर्ण खेलाडी लुइस सुआरेजले आज खेल्ने सम्भवना निकै कम छ । याे क्लबका लागि चिन्ताको विषय बन्न सक्छ । 

ला लिगामा हालसम्म यी दुई १६८ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा रियलले ८९ र एथलेटिकोले ३९ जित हात पार्दा ४० खेल बराबरीमा सकिएको छ ।



ला लिगामा रियलले पछिल्लोपटक एट्लेटिकोविरुद्ध सन् २०१६ मा १-० को हार बेहोरको थियोे । त्यस यताका ११ खेलमा रियलले ४ खेल आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ । इतिहास जे जस्तो भए पनि मड्रिडका यी दुई क्लबबीचको भिडन्त निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।
 
लिगअन्तर्गत आइबार नै हुने अन्य खेलमा भिल्लारियलले घरेलु मैदानमा रायो भालकानाको साना गर्दा ओसासुनाले बार्सिलोनाको स्वागत गर्नेछ । रियल बेटिसले घरेलु मैदानमा रियल सोसिडाडसँग खेल्दा कार्डिजले ग्रानाडाको आतिथ्यता गर्नेछ ।



  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १४:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया