दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले उत्तर कोरिया, दक्षिण कोरिया, अमेरिका र चीन कोरियाली युद्धलाई औपचारिक रुपमा समाप्त गर्न सहमत भएको बताएका छन् ।
उनले यसको घोषणा छिट्टै गरिने समेत जनाएका छन् । उत्तर कोरियासँग केही कुरा गरेपछि यसको औपचारिक घोषणा हुनेछ ।
कोरियाली युद्ध सन् १९५० देखि १९५३ सम्म चलेको थियो । यो युद्ध कुनै शान्ति सम्झौता मार्फत नभई युद्धबिरामको घोषणा मार्फत टुङ्गिएको थियो ।
प्राविधिक रुपमा उत्तर र दक्षिण कोरियाबीच अहिले पनि युद्ध चलिरहेको छ । उत्तर कोरियालाई चीनको समर्थन छ भने दक्षिण कोरियालाई अमेरिकाको ।
दुवै देशबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । दक्षिण कोरियाका राष्ट्रपति मून जे इन अहिले अष्ट्रेलियाको भ्रमणमा छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँगकोे संयुक्त पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएका हुन् । (बिबीसीबाट)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।