logo-img

वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र
प्रतीकात्मक तस्वीर

सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र रूपमा फालिएको छ ।

गत वर्ष किसानले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो । तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहीन भएको भन्दै भन्सार पास नहुँदा वीरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ ।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकत्ता बन्दरगाहमा धेरै समय बसेको थियो । कोलकत्ता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फान’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो । कोलकत्ता भन्सारमा छाड्न नमिलेकाले वीरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र रूपमा छाडिएको छ ।



ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू–भागमा अलपत्र तरिकाले मल फालिएको छ ।

अलपत्र रूपमा फालिएको मल गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । उक्त मल २०७७ असोज १८ गते बन्दरगाह २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो ।

सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्र रूपमा कामै नलाग्ने गरी फालिएको छ भने यता किसानहरूले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १६:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया