कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
२६७७ मत गन्दा देउवाले १२६५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेको शेखर कोइरालाले ९८० मत पाएका छन् । त्यस्तै, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका निर्वाच समितिले जनाएको छ ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।
खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।