सभामुख सापकाेटालाई एमालेले भन्यो- अवैध कानुनको साक्षी बसेर हामी सघाउँदैनौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई अवैध कानुनको साक्षी बनेर आफूहरूले नसघाउने प्रष्ट पारेको छ । 

एमाले संसदीय दलको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको परामर्श समितिको बैठकमा पुगेर एमालेले सो कुरा बताएको हो । सभामुख सापकोटाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । 

नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । एमालेका तर्फबाट खगराज अधिकारीसहितका नेताहरू छलफलमा गएका थिए । सभामुखसँगको छलफलपछि संसदीय दलको बैठकमा पुगेर अधिकारीले त्यहाँ भएको छलफलबारे जानकारी गराएका छन् । 

उनले सभामुखलाई भनेको कुरा उदृत गर्दै भने, ‘व्यवहारले यस्तो देखायो, अध्यादेश कानुनविपरीत त छँदैछ । तर पार्टीले श्रावण २५ गते कारबाही गरेको व्यहाेरा यसै राखिरहनुभयो । तपाईंले कारबाही प्रक्रिया अघि बढाउने भन्नुभयो । संसदीय दलले कारबाही गरिसकेकालाई बढीमा १५ दिनभित्र संसद चले संसदमा नभए सुचना टाँस गर्ने भनेको छ । तपाईंले प्रक्रिया छानविन गर्ने कुनै अधिकार छैन्, कानुनमा छैन ।’

नेकपा र एमाले फुटाउन सभामुखको हात भएको भन्दै त्यसको साक्षी आफूहरू नबस्ने भनेर सभामुखलाई प्रष्ट भनेको उनले बैठकमा सुनाए । 

‘देशी विदेशी तत्वहरू संलग्न भएर सुरुमा त नेकपा नै फुटाइयो । अनि एमालेलाई चोइट्याउनेमा संलग्न तपाईं पनि हुनुहुन्न भन्ने देखिएन’, उनले ब्रिफिङ गर्दै भने, ‘तपाईंसँग समन्वय गर्ने इच्छा थियो तर तपाईंको कानुनविपरीत कुराले हामी सहयोग गर्न सक्दैनौं । यो दल विभाजन अवैध छ । यसकारण अवैध कानुनको साक्षी बनेर हामी सघाउन सक्दैनौं ।’





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १३:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया